माधव प्रसाद वांस्तोला

माधव प्रसाद वांस्तोला

६,५०० २५,४११
( पराजित )

परिचय

नेपाली कांग्रेसका गण्डकी प्रदेश प्रवक्ता माधवप्रसाद बास्तोला ‘मधु’ लामो समयदेखि संगठन निर्माण, जनप्रतिनिधि र सामाजिक अभियन्ताका रूपमा सक्रिय नेता हुन् । २०५४ सालमा पोखरा–११ का वडाध्यक्षमा निर्वाचित भई जनताको बीचमा लोकप्रिय बनेका उनी पार्टीको क्षेत्रीय सभापति हुँदै प्रदेश प्रवक्तासम्मको जिम्मेवारीमा पुगेका छन् । २०६७ सालको गम्भीर सवारी दुर्घटनाबाट मृत्युलाई जितेर पुनः सक्रिय राजनीतिमा फर्किएका बास्तोला अहिले कास्की क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारका रूपमा विकास, सुशासन र युवा रोजगारीलाई मुख्य एजेन्डा बनाएर चुनावी मैदानमा छन् ।

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
६,५०० मत २५,४११
निर्वाचन क्षेत्र कास्की-२ ( गण्डकी प्रदेश )
राजनीतिक दल नेपाली काँग्रेस
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०२३-१२-०५ ( ५८ वर्ष )
जन्मस्थान पोखरा महानगरपालिका–११ कास्की
बाबु, आमा चन्द्रकान्त बास्तोला
ठेगाना कास्की पोखरा महानगरपालिका फूलबारी
हालको ठेगाना पोखरा महानगरपालिका–११ कास्की
शिक्षा राजनीतिशास्त्रमा स्नातकोत्तर, बीएल, बीएड
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

नेपाली कांग्रेस

कार्यकारी जिम्मेवारी

पोखरा–११ का वडाध्यक्ष (२०५४)

राजनीतिक घटनाक्रम

वि.सं. २०३६ सालको जनमत संग्रहका क्रममा बीपी कोइराला को विचारबाट प्रभावित हुँदै बास्तोलाले विद्यार्थी जीवनबाटै राजनीति सुरु गरेका हुन् । नेपाल विद्यार्थी संघमार्फत सक्रिय बनेका उनले २०४२ सालमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिए र २०४६ सालको जनआन्दोलनमा सक्रिय भूमिका खेले । बहुदल स्थापनापछि वडा सभापति हुँदै २०५४ मा वडाध्यक्षमा निर्वाचित भए । त्यसपछि क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि हुँदै हाल गण्डकी प्रदेश प्रवक्ताको जिम्मेवारीमा पुगेका छन् । २०६७ सालको सवारी दुर्घटनामा गम्भीर घाइते भए पनि उपचारपछि पुनः राजनीतिमा सक्रिय भई अहिले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका छन् ।