उत्तम प्रसाद पौडेल

उत्तम प्रसाद पौडेल

३१,९११ २४,४१८
( निर्वाचित )

परिचय

पत्रकारिता पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका उत्तमप्रसाद पौडेल राष्ट्रिय स्वतन्त्र पार्टीका युवा उम्मेदवार हुन् । रेडियो र टेलिभिजन पत्रकारितामार्फत भ्रष्टाचार, बेथिति र सामाजिक विसंगतिविरुद्ध आवाज उठाउँदै आएका उनी ‘सिधा कुरा जनतासँग’ जस्ता लोकप्रिय कार्यक्रममार्फत परिचित बने । सञ्चार क्षेत्रबाटै सुशासनको वकालत गरेका पौडेल अहिले सोही मुद्दालाई संस्थागत गर्न राजनीतिमा प्रवेश गर्दै कास्की क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका छन् ।

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
३१,९११ मत २४,४१८
निर्वाचन क्षेत्र कास्की-२ ( गण्डकी प्रदेश )
राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी
निर्वाचन परिणाम निर्वाचित

आधारभूत जानकारी

जन्ममिति २०३८-११-२८ ( ४३ वर्ष )
जन्मस्थान रूपा गाउँपालिका, देउराली, कास्की
बाबु, आमा चिरन्जिवी प्रसाद उपाध्याय
ठेगाना कास्की रूपा गाउँपालिका
हालको ठेगाना रानीपौवा, पोखरा महानगरपालिका, कास्की
शिक्षा स्नातक रनिङ
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

राष्ट्रिय स्वतन्त्र पार्टी

राजनीतिक घटनाक्रम

पत्रकारितामार्फत सामाजिक विकृति र भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आएका पौडेल रवि लामिछाने सँगै लामो समय सञ्चार क्षेत्रमा सक्रिय थिए । लामिछानेले राजनीतिमा प्रवेश गरेपछि उनी पनि राष्ट्रिय स्वतन्त्र पार्टीको अभियानमा जोडिए । सञ्चार क्षेत्रको अनुभवलाई राजनीतिक अभियानमा रूपान्तरण गर्दै उनले सुशासन, विधिको शासन र भ्रष्टाचार अन्त्य गर्ने उद्देश्यसहित प्रत्यक्ष राजनीतिमा प्रवेश गरेका हुन् । हाल उनी रास्वपाको तर्फबाट कास्की क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवारका रूपमा चुनावी प्रतिस्पर्धामा छन् ।