पर्वत-१
सबै हेर्नुहोस्१५,०७५
१५,०७५
एमालेका नेता पदम गिरी पर्वत क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन् । गिरी नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशीसँग चुनावी मैदानमा छन् । १५ वर्षअघि पार्टीको जिल्ला अध्यक्ष बनेका गिरीले त्यसयता राजनीतिमा निरन्तर सफलता हात पारेका छन् । दुइपटक सांसद, मन्त्री, प्रमुख सचेतक तथा केन्द्रीय सदस्य भइसकेका छन् । २०६२ सालमा पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति बनेसँगै गिरीको राजनीतिक यात्रा औपचारिक रूपमा सुरु भएको थियो । ०७४ को निर्वाचनमा गिरीले जोशीलाई १२ हजार ४ सय ५६ मतान्तरले पराजित गरेका थिए । गिरीले ३९ हजार २ सय ७५ मत ल्याउँदा जोशीले २६ हजार ८ सय १९ मत प्राप्त गरेका थिए । त्यसबेला एमाले–माओवादी गठबन्धन थियो । ०७९ को निर्वाचनमा गिरीले जोशीलाई पराजित गरे । गिरीले २९ हजार ८ सय ७२ मत ल्याउँदा जोशीले २७ हजार ६ सय ९ मत प्राप्त गरेका थिए ।
१५,०७५
| निर्वाचन मिति | २१ फागुन २०८२ |
| कुल मत |
१५,०७५ मत
११,४८६
|
| निर्वाचन क्षेत्र | पर्वत-१ ( गण्डकी प्रदेश ) |
| राजनीतिक दल | नेकपा (एमाले) |
| निर्वाचन परिणाम | पराजित |
| निर्वाचन मिति | ४ मंसिर २०७९ |
| कुल मत |
२९,८७२ मत
|
| निर्वाचन क्षेत्र | पर्वत-१ ( गण्डकी प्रदेश ) |
| राजनीतिक दल | नेपाल कम्युनिष्ट पार्टी (एमाले) |
| निर्वाचन परिणाम | निर्वाचित |
| निर्वाचन मिति | १० मंसिर २०७४ |
| कुल मत |
३९,२७५ मत
|
| निर्वाचन क्षेत्र | पर्वत-१ ( गण्डकी प्रदेश ) |
| राजनीतिक दल | नेकपा एमाले |
| निर्वाचन परिणाम | निर्वाचित |
| जन्ममिति | २०३३-११-२८ ( ४८ वर्ष ) |
| जन्मस्थान | पर्वत |
| बाबु, आमा | बेले गिरी / सीताकुमारी गिरी |
| पारिवारिक विवरण | श्रीमती २ छाेरी |
| ठेगाना | पर्वत कुश्मा नगरपालिका_३, दुर्लुङ |
| हालको ठेगाना | कुश्मा नगरपालिका _७, कुश्मा |
| शिक्षा | स्नातकोत्तर |
| निर्वाचन प्रणाली | प्रत्यक्ष |
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पर्वत क्षेत्र नं. १ बाट निर्वाचित। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पुनः निर्वाचित।
स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, नियुक्ति: २०७७ फागुन