परिचय
नेकपा माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीले २०४८ सालमा नेकपा मसाल (एकता केन्द्र)बाट राजनीति सुरु गरेका हुन् । २०५२ सालमा नेकपा (माओवादी)मा भूमिगत राजनीतिमा संलग्न भएका उनी २०७० सालको संविधान सभा निर्वाचनमा कालिकोट क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । २०७४ सालको निर्वाचनमा भने कालिकोटको प्रदेश सभा ख बाट निर्वाचित भएर कर्णाली प्रदेशको मुख्यमन्त्रीसमेत भए ।
कालिकोट-१
सबै हेर्नुहोस्निर्वाचन परिणाम
| निर्वाचन मिति | २१ फागुन २०८२ |
| कुल मत |
११,३३८ मत
९८६
|
| निर्वाचन क्षेत्र | कालिकोट-१ ( कर्णाली प्रदेश ) |
| राजनीतिक दल | नेपाली कम्युनिष्ट पार्टी |
| निर्वाचन परिणाम | निर्वाचित |
| निर्वाचन मिति | ४ मंसिर २०७९ |
| कुल मत |
२३,७२७ मत
|
| निर्वाचन क्षेत्र | कालिकोट-१ ( कर्णाली प्रदेश ) |
| राजनीतिक दल | नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) |
| निर्वाचन परिणाम | निर्वाचित |
आधारभूत जानकारी
| जन्ममिति | २०३३-१०-१५ ( ४९ वर्ष ) |
| जन्मस्थान | नानीकोट ८ कोटिला कालीकोट |
| बाबु, आमा | लाल बहादुर शाही / रणकौडा शाही |
| पारिवारिक विवरण | श्रीमती चन्द्राकुमारी शाही । २ छोरा र १ छोरी । |
| ठेगाना | कालिकोट |
| हालको ठेगाना | पचालझरना गाउँपालिका ५ कालीकोट |
| शिक्षा | एस.एल.सी |
| निर्वाचन प्रणाली | प्रत्यक्ष |
राजनीतिक आबद्धता
२०४८ मा नेकपा मसाल (एकता केन्द्र)बाट राजनीतिक यात्रा सुरु । २०४९ मा प्रहरी वारेन्ट जारी । २०५२ नेकपा (माओवादी)मा भूमिगत राजनीतिमा संलग्न । सशस्त्र जनयुद्धमा सामेल । २०५३ मा मध्यमाञ्चलको गुरिल्ला गठनमा सदस्यदेखि लडाकु जीवनमा प्रवेश । पश्चिम नेपालका बुटवलदेखि दार्चुलासम्मका आक्रमणमा जनयुद्ध नेतृत्वदायी भूमिका निर्वाह गर्दै शान्ति प्रक्रिया हुँदै सेना समायोजनसम्म सैनिक क्षेत्रमा संलग्न । माओवादीको जनमुक्ति सेनामा वार्ड कमाण्डर, स्क्वाड कमाण्डर, प्लाटुन कमाण्डर, कम्पनी कमाण्डर, बटालियन कमाण्डर, बिग्रेड कमाण्डर हुँदै डिभिजन कमाण्डर, माओवादी केन्द्र पोलिटब्यूरो सदस्य तथा कालीकोट जिल्ला इन्जार्च ।
संसदीय यात्रा
२०७० को दोश्रो संविधान सभामा निर्वाचित, ०७४ मा कालीकोट प्रदेश सभा ख बाट निर्वाचित, ०७९ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित ।
कार्यकारी जिम्मेवारी
ऊर्जामन्त्री २०७३ । कर्णाली प्रदेश सरकारमा मुख्यमन्त्री २०७४ फागुनदेखि २०७८ सम्म ।
राजनीतिक घटनाक्रम
१० वर्षे जनयुद्धमा भूमिगत, जनमुक्ति सेनाको छैटौ डिभिजन कमाण्डर । हाल केन्द्रीय सदस्य । त्तकालीन अक्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्ध संसदमा महाअभियोग दर्ताको नेतृत्वकर्ता ।