विनोद प्रसाद ढकाल

विनोद प्रसाद ढकाल

८,३१७ ४७,१९६
( पराजित )

परिचय

भोजपुरमा जन्मिएका विनोद ढकालले वि.सं. २०३५/०३६ सालतिरै किशोर अवस्थादेखि राजनीति सुरु गरेका हुन्। बहुदल–निर्दल बहसको समयमा बहुदलको पक्षमा उभिएका उनी २०३८ सालमा कक्षा ८ मा पढ्दा अनेरास्ववियुमा आवद्ध भएका थिए। एसएलसीपछि २०४२ सालमा विराटनगर आएर ल क्याम्पसमा अध्ययनसँगै विद्यार्थी राजनीतिलाई निरन्तरता दिए।  अनेरास्ववियुमा प्रारम्भिक कमिटीबाट सुरु गरी नगर, जिल्ला हुँदै केन्द्रीय उपाध्यक्षसम्म (२०५७ साल) पुगे। विद्यार्थी राजनीतिमा कोशी प्रमुख, पूर्वाञ्चल प्रमुख र संगठन विभाग प्रमुखको जिम्मेवारी पनि सम्हाले। पार्टी राजनीतिमा वडा, नगर, दुई पटक मोरङ जिल्ला अध्यक्ष र एक पटक सचिव हुँदै ३ कार्यकाल जिल्ला नेतृत्व गरे। उनी नेकपा एमालेको केन्द्रीय कमिटी सदस्यसमेत भएका छन्। पार्टीभित्र कहिल्यै नहारेका ढकाल जनप्रतिनिधि भने बन्न सकेका छैनन्। २०६५ सालको संविधानसभा उपनिर्वाचनमा मोरङ क्षेत्र नं. ६ बाट उम्मेदवारी दिएका उनी पराजित भए। २०७४ सालमा विराटनगर महानगरपालिकाको मेयर पदमा पनि प्रतिस्पर्धा गरे तर जित्न सकेनन्।   हाल उनी संघीय निर्वाचन क्षेत्र नं. ४ बाट उम्मेदवारीको तयारीमा देखिएका छन्। औपचारिक निर्णय नभए पनि कार्यकर्ता तहबाट समर्थन आएको उनको भनाइ छ। उम्मेदवार नबने पनि पार्टी र जनतामाझ रहेर काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्। मोरङमा ढकाल केपी ओली इतर समुहका प्रभावशाली नेता मानिन्छन् । 

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
८,३१७ मत ४७,१९६
निर्वाचन क्षेत्र मोरङ-६ ( कोशी प्रदेश )
राजनीतिक दल नेकपा (एमाले)
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०२४-१२-२२ ( ५७ वर्ष )
जन्मस्थान भोजपुर
बाबु, आमा विष्णु प्रसाद ढकाल
ठेगाना मोरङ विराटनगर महानगरपालिका सम्झना टोल
शिक्षा स्नातक तह
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

नेकपा एमाले

संसदीय यात्रा

छैन

कार्यकारी जिम्मेवारी

छैन