डा शेखर कोइराला

डा शेखर कोइराला

१२,८५० ४२,६६३
( पराजित )

परिचय

वि.सं. २००७ भदौ ९ मा विराटनगरमा जन्मिएका शेखर चिकित्सक पृष्ठभूमिका नेता हुन् । अखिल भारतीय आयुर्विज्ञान संस्थानबाट एमबीबीएस र एमडी गरेपछि उनले वीर र कोशी अस्पतालमा सेवा गरे तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना प्रक्रियामा अग्रणी भूमिका खेले । विद्यार्थी राजनीतिबाट यात्रा सुरु गरेका उनी पछि संसदीय राजनीतिमा सक्रिय भए । मोरङ क्षेत्रबाट चुनाव जित्दै–हार्दै अघि बढेका शेखर २०७९ मा प्रतिनिधिसभा सदस्य निर्वाचित भए ।   पार्टीभित्र सुधारवादी छविका शेखरले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएका थिए तर शेरबहादुर देउवासँग पराजित भए । उनी बेला–बेला पार्टी नेतृत्वको आलोचना गर्दै फरक धारको प्रतिनिधित्व गर्छन् । २०६२/६३ को जनआन्दोलन र १२ बुँदे समझदारी प्रक्रियामा उनले पर्दापछाडिबाट समन्वयकारी भूमिका खेलेका थिए ।

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
१२,८५० मत ४२,६६३
निर्वाचन क्षेत्र मोरङ-६ ( कोशी प्रदेश )
राजनीतिक दल नेपाली काँग्रेस
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २००७-०५-०९ ( ७५ वर्ष )
बाबु, आमा केशव प्रसाद कोइराला
ठेगाना मोरङ विराटनगर महानगरपालिका हस्पिटल रोड
शिक्षा MS
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

नेपाली कांग्रेस

संसदीय यात्रा

तेश्रो