दिपक बहादुर साउंद

दिपक बहादुर साउंद

७,३८९ ३,३७०
( पराजित )

परिचय

दीपकबहादुर साउद (तरंग) हाल अछाम–१ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार छन्। २०८२ सालमा समाजवादी र माओवादी मिलेर नेपाली कम्युनिस्ट पार्टी बन्ने क्रममा साउद छुट्टिएर प्रगतिशील लोकतान्त्रिक पार्टीका सुदूरपश्चिम अध्यक्ष तथा केन्द्रीय सदस्य बने। त्यसपछि उनी एमालेसँग एकता गरेर हाल अछाम–१ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका हुन्।

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
७,३८९ मत ३,३७०
निर्वाचन क्षेत्र अछाम-१ ( सुदूरपश्चिम प्रदेश )
राजनीतिक दल नेकपा (एमाले)
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०४०-१०-२९ ( ४२ वर्ष )
जन्मस्थान अछाम रामारोशन गाउँपालिका ६, तोली
बाबु, आमा मान बहादुर साउद / कृष्णादेवी साउद
ठेगाना अछाम रामारोशन गाउँपालिका - ६तोली
हालको ठेगाना अछाम रामारोशन गाउँपालिका ६, तोली
शिक्षा स्नातक
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

एमाले

संसदीय यात्रा

दीपकबहादुर साउद २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा अछाम–१ बाट माओवादी पार्टीका उम्मेदवार थिए, तर एमालेका उम्मेदवार भीम रावलसँग पराजित भए।

कार्यकारी जिम्मेवारी

नेकपा माओवादी अछाम जिल्ला सेक्रेटरीका रूपमा काम गरे र छैटौँ राष्ट्रिय खेलकुदको प्रमुख भए।

राजनीतिक घटनाक्रम

दीपकबहादुर साउद २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा अछाम–१ बाट माओवादी पार्टीका उम्मेदवार थिए, तर एमालेका उम्मेदवार भीम रावलसँग पराजित भए। पछि साउद एमालेमा प्रवेश गरे र २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा एमालेका उम्मेदवार बने। झपट बोहराको सहयोगमा उनलाई टिकट दिइयो र उनी रावलसँग प्रतिद्वन्द्विता गर्न तयार भए। एमालेको रणनीतिअनुसार साउदले माओवादी पृष्ठभूमिका मतहरू आकर्षित गरी आफ्नो जित सुनिश्चित गर्ने लक्ष्य राखेका छन्।