निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
१०,२३३ मत ५२६
निर्वाचन क्षेत्र अछाम-१ ( सुदूरपश्चिम प्रदेश )
राजनीतिक दल नेपाली कम्युनिष्ट पार्टी
निर्वाचन परिणाम पराजित
निर्वाचन मिति १० मंसिर २०७४
कुल मत
२४,८८३ मत
निर्वाचन क्षेत्र अछाम-१ ( सुदूरपश्चिम प्रदेश )
राजनीतिक दल नेकपा एमाले
निर्वाचन परिणाम निर्वाचित

आधारभूत जानकारी

जन्ममिति २०१२-०८-२१ ( ७० वर्ष )
जन्मस्थान अछाम साँफेवगर -६ नगरपालिका
बाबु, आमा मोति सिं रावल
ठेगाना अछाम साँफेवगर -६ नगरपालिका
हालको ठेगाना अछाम साँफेवगर -६ नगरपालिका
शिक्षा विद्यावारिधि, वि.एल.
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

भीमबहादुर रावल लामो समयसम्म नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा आबद्ध रही केन्द्रीय उपाध्यक्षलगायत विभिन्न जिम्मेवारीमा सक्रिय रहे। २०७८ सालको दशौँ महाधिवेशनमा अध्यक्ष पदका लागि प्रतिस्पर्धा गरेपछि पार्टी नेतृत्वसँग मतभेद बढ्यो। १० पुस २०८१ मा पार्टी सदस्यताबाट हटाइएपछि उनले ‘मातृभूमि जागरण अभियान’ सुरु गरे। पछि नयाँ राजनीतिक सहकार्यको खोजी गर्दै नेपाली कम्युनिस्ट पार्टीमा समाहित भए। हाल उनी अछाम–१ बाट नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका छन्।

संसदीय यात्रा

उनी पहिलो पटक २०५१ सालमा अछाम–१ बाट प्रतिनिधि सभामा निर्वाचित भए। २०६४ सालमा संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट सदस्य बनेर संविधान निर्माण प्रक्रियामा संलग्न भए। २०७० सालमा पुनः अछाम–१ बाट प्रत्यक्ष निर्वाचित संविधानसभा सदस्य बने। संघीय व्यवस्थापछि २०७४–२०७९ सालसम्म अछाम–१ बाट प्रतिनिधि सभा सदस्य रहे। यस अवधिमा उनले संसद्का बहस, प्रश्नोत्तर, बजेट छलफल तथा विधेयक निर्माण प्रक्रियामा सक्रिय भूमिका निर्वाह गरे।

कार्यकारी जिम्मेवारी

रावल उपप्रधानमन्त्री तथा रक्षामन्त्री, गृहमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र विज्ञान तथा प्रविधि मन्त्री भइसकेका छन्। यी जिम्मेवारीमा रहँदा उनले राष्ट्रिय सुरक्षा, कानुन व्यवस्था, पर्यटन प्रवर्द्धन, सांस्कृतिक संरक्षण तथा विज्ञान–प्रविधि विकाससम्बन्धी नीतिगत निर्णयमा प्रत्यक्ष भूमिका खेले।

राजनीतिक घटनाक्रम

२०७८ सालको एमाले महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि पार्टी नेतृत्वसँग दूरी बढ्यो। पार्टी कार्यालय निर्माणसम्बन्धी विवादित निर्णयप्रति सार्वजनिक असहमति जनाउँदै उनले नेतृत्वमाथि एकल शासनशैली र भ्रष्टाचार संरक्षणको आरोप लगाए। १० पुस २०८१ मा पार्टीबाट हटाइएपछि उनले देशव्यापी ‘मातृभूमि जागरण अभियान’ सञ्चालन गरे।