भरत कुमार स्वार

भरत कुमार स्वार

१०,७५९ ५२६
( निर्वाचित )

परिचय

भरतकुमार स्वाँर अछाम क्षेत्र–१ बाट नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार हुन्। स्वाँरले अछाम जिल्लामा सामाजिक, आर्थिक, भौतिक तथा शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका छन्। 

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
१०,७५९ मत ५२६
निर्वाचन क्षेत्र अछाम-१ ( सुदूरपश्चिम प्रदेश )
राजनीतिक दल नेपाली काँग्रेस
निर्वाचन परिणाम निर्वाचित

आधारभूत जानकारी

जन्ममिति २०१२-०३-२४ ( ७० वर्ष )
जन्मस्थान साँफेबगर नगरपालिका– ७ रिडिकोट
बाबु, आमा चक्र बहादुर स्वाँर / जमुनादेवी स्वाँर
ठेगाना अछाम
हालको ठेगाना साँफेबगर नगरपालिका– ७ रिडिकोट
शिक्षा IA
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

कांग्रेस

संसदीय यात्रा

२०७४ सालमा प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार बने तर बाम गठबन्धनसँग थोरै मतले पराजित भए।

कार्यकारी जिम्मेवारी

२०४९ सालमा जिल्ला विकास समितिको सभापति बनेर शिक्षा, स्वास्थ्य, खानेपानी, सडक तथा स्थानीय विकासमा योगदान दिए। २०५६ र २०७२ सालमा नेपाली कांग्रेस जिल्ला कार्य समितिको सभापति बने।

राजनीतिक घटनाक्रम

राजनीतिमा उनको सक्रियता २०३१ सालदेखि नै सुरु भएको हो। उनले बहुदलीय व्यवस्था र राजतन्त्रविरुद्धको आन्दोलनमा अग्रपङ्क्तिमा रहेर भूमिका निर्वाह गरे। २०३४ सालमा नेपाली कांग्रेसमा प्रवेश गरेपछि उनी साँफेबगरमा पञ्चायतविरोधी आन्दोलन, सत्याग्रह, २०४६ सालको जनआन्दोलन र २०६२/०६३ को जनआन्दोलनमा अछाम जिल्लाको नेतृत्व गर्दै सक्रिय रहे। आन्दोलनका क्रममा उनले पटक–पटक जेल सजाय भोगेका छन्।