निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
१५,२३९ मत १७,६३६
निर्वाचन क्षेत्र सप्तरी-३ ( मधेस प्रदेश )
राजनीतिक दल जनता समाजवादी पार्टी, नेपाल
निर्वाचन परिणाम पराजित
निर्वाचन मिति १० वैशाख २०८० (उप-निर्वाचन)
कुल मत
२८,४१५ मत
निर्वाचन क्षेत्र बारा-२ ( मधेस प्रदेश )
राजनीतिक दल जनता समाजवादी पार्टी, नेपाल
निर्वाचन परिणाम निर्वाचित
निर्वाचन मिति ४ मंसिर २०७९
कुल मत
१६,९७९ मत
निर्वाचन क्षेत्र सप्तरी-२ ( मधेस प्रदेश )
राजनीतिक दल जनता समाजवादी पार्टी, नेपाल
निर्वाचन परिणाम पराजित
निर्वाचन मिति १० मंसिर २०७४
कुल मत
२१,६२० मत
निर्वाचन क्षेत्र सप्तरी-२ ( मधेस प्रदेश )
राजनीतिक दल संघीय समाजवादी फोरम
निर्वाचन परिणाम निर्वाचित

आधारभूत जानकारी

जन्ममिति २०१७-०९-२५ ( ६५ वर्ष )
बाबु, आमा धनिलाल यादव
ठेगाना मोरङ, विराटनगर महानगरपालिका, पुरानो हवाइ फिल्ड
शिक्षा स्नातकोत्तर
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

२०३५ मा मोरङकाे बिराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा अध्ययनरत रहँदा नेकपा पुष्पलाल समूह निकट अनेरास्ववियुको सदस्यता लिएर राजनीतिमा सक्रिय । प्रगतिशील विद्यार्थी (युनियन) को दुई कार्यकाल उपाध्यक्ष । २०४६ सालमा नेपाली कांग्रेसको आहृवानमा भएको सत्याग्रहमा सामेल । ०४८ सालमा नेकपा एमालेमा क्रियाशील । ०५४ सालमा मधेसी जनअधिकार फोरम नामक गैरसरकारी संस्था गठन । २०६७ मा झलनाथ खनाल नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री भए। ०७२ मा तत्कालीन संघीय समाजवादी र खस समावेसी राष्ट्रिय पार्टीबीचको एकीकरणपछि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष । 2080 मा पुष्पकमल दाहाल नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री बनेका। ०८१ मा प्रथम एकता महाधिवेशनबाट जनता समाजवादी पार्टी (जसपा) नेपालकाे अध्यक्षमा पुनः निर्वाचित।

संसदीय यात्रा

०६४ मा पहिलो संविधानसभा निर्वाचनमा मोरङ–५ र सुनसरी–५ बाट निर्वाचित । ०७० मा दोस्रो संविधानसभामा सुनसरी–५ मा निर्वाचित । २०७४ मा सप्तरी–२ बाट निर्वाचित । ०८० मा उपनिर्वाचन हुँदा बारा–२ बाट निर्वाचित ।

राजनीतिक घटनाक्रम

राजनीतिक आन्दोलनका क्रममा पटक–पटक हिरासत र कारागार चलान ।