परिचय
माओवादी युद्धमा जनमुक्ति सेनाको बटालियन कमाण्डर (कर्णेल सरह) भएर सशस्त्र संघर्षको अग्रपंक्तिमा रहेका हेमबहादुर थापा पराजुली शान्ति प्रक्रियापछि किरण थापा ‘आमोद’ का रुपमा खुला राजनीतिमा सक्रिय भएका नेता हुन् । युद्धकालमा ‘बुलेट’ को नेतृत्व गरेका उनी अहिले जनताको अवस्था परिवर्तन गर्न ‘ब्यालेट’ को माध्यमबाट संसदीय राजनीतिमा होमिएका छन् । सरल जीवनशैली, वैचारिक स्पष्टता र जनतामुखी राजनीतिक छविका कारण चिनिएका थापा हाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यका रूपमा सक्रिय रहँदै कास्की क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका छन् ।
कास्की-२
सबै हेर्नुहोस्निर्वाचन परिणाम
| निर्वाचन मिति | २१ फागुन २०८२ |
| कुल मत |
१,२७६ मत
३०,६३५
|
| निर्वाचन क्षेत्र | कास्की-२ ( गण्डकी प्रदेश ) |
| राजनीतिक दल | नेपाली कम्युनिष्ट पार्टी |
| निर्वाचन परिणाम | पराजित |
आधारभूत जानकारी
| जन्ममिति | २०४०-०१-०१ ( ४२ वर्ष ) |
| जन्मस्थान | कास्की |
| बाबु, आमा | लिला बहादुर पराजुली |
| पारिवारिक विवरण | श्रीमती, दुई सन्तान |
| ठेगाना | कास्की |
| हालको ठेगाना | पोखरा महानगरपालिका–३३ भाेटेपाेखरी |
| शिक्षा | स्नातक |
| निर्वाचन प्रणाली | प्रत्यक्ष |
राजनीतिक आबद्धता
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)
राजनीतिक घटनाक्रम
विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका थापा २०५९ सालमा अखिल क्रान्तिकारी कास्की अध्यक्ष बने । जनयुद्धकालमा जनमुक्ति सेनाको बटालियन कमाण्डर भएर विभिन्न सैनिक कारबाहीको नेतृत्व गरे । शान्ति प्रक्रियापछि खुला राजनीतिमा सक्रिय उनी माओवादी केन्द्रमा रहेर जिल्ला विकास समितिको सर्वदलीय संयन्त्रमा काम गरे । पछि वैचारिक मतभेदका कारण बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी हुँदै नेपाल समाजवादी पार्टीमा आबद्ध भई गण्डकी प्रदेश अध्यक्ष र केन्द्रीय सचिवालय सदस्य बने । २०७४ को निर्वाचनमा उनी बाबुराम भट्टराई नेता रहेको जनता समाजवादी पार्टीबाट कास्की २ का उम्मेदवार थिए । वाम एकताको पक्षमा उभिँदै उनले उक्त पार्टी परित्याग गरी पुनः माओवादी केन्द्रमा फर्किए । पछिल्लो राजनीतिक एकतापछि उनी हाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यका रूपमा सक्रिय छन् ।