परिचय
नवीकरणीय ऊर्जा र जलवायु परिवर्तन क्षेत्रमा अन्तर्राष्ट्रिय अनुभव हासिल गरेका कुशल गुरुङ उज्यालो नेपाल पार्टीका तर्फबाट कास्की क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन् । ऊर्जा उद्यमी, नीतिगत विज्ञ र स्वच्छ ऊर्जा अभियन्ताका रूपमा परिचित गुरुङले वैकल्पिक ऊर्जा क्षेत्रमा प्राप्त अनुभवलाई अब वैकल्पिक राजनीतिको माध्यमबाट राज्यको नीति निर्माणमा रूपान्तरण गर्ने लक्ष्यसहित उम्मेदवारी दिएका छन् । ऊर्जा, वातावरण र दिगो विकासलाई राजनीतिक एजेन्डा बनाएका उनी नयाँ पुस्ताका प्राविधिक पृष्ठभूमिका उम्मेदवारका रूपमा परिचित छन् ।
कास्की-२
सबै हेर्नुहोस्निर्वाचन परिणाम
| निर्वाचन मिति | २१ फागुन २०८२ |
| कुल मत |
१,२०१ मत
३०,७१०
|
| निर्वाचन क्षेत्र | कास्की-२ ( गण्डकी प्रदेश ) |
| राजनीतिक दल | उज्यालो नेपाल पार्टी |
| निर्वाचन परिणाम | पराजित |
आधारभूत जानकारी
| जन्ममिति | २०३८-०३-१० ( ४४ वर्ष ) |
| जन्मस्थान | मादी गाउँपालिका कास्की |
| बाबु, आमा | खेम बहादुर गुरुङ्ग |
| ठेगाना | कास्की पोखरा महानगरपालिका रानीपौवा |
| हालको ठेगाना | कास्की पोखरा महानगरपालिका रानीपौवा |
| शिक्षा | कार्बन व्यवस्थापनमा स्नातकोत्तर, वातावरण विज्ञानमा स्नातकोत्तर |
| निर्वाचन प्रणाली | प्रत्यक्ष |
राजनीतिक आबद्धता
उज्यालाे नेपाल पार्टी
कार्यकारी जिम्मेवारी
विज्ञ सदस्य, वातावरण संरक्षण परिषद्, नेपाल सरकार
राजनीतिक घटनाक्रम
ऊर्जा, जलवायु परिवर्तन र दिगो विकासका क्षेत्रमा १५ वर्षभन्दा बढी अनुभव हासिल गरेका गुरुङले नीति निर्माण तहमा काम गर्ने क्रममा सही नेतृत्व र निर्णयको अभावले देशको सम्भावना उपयोग हुन नसकेको निष्कर्ष निकाले । यही अनुभवका आधारमा उनले वैकल्पिक ऊर्जा क्षेत्रबाट वैकल्पिक राजनीतिमा प्रवेश गर्ने निर्णय गरे । उज्यालो नेपाल पार्टीमार्फत प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका उनी ऊर्जा, वातावरण संरक्षण, पर्यटन विकास र दिगो आर्थिक रूपान्तरणलाई राजनीतिक प्राथमिकताका रूपमा अघि सार्दै कास्की क्षेत्र नं. २ बाट चुनावी प्रतिस्पर्धामा छन् ।