शान्तिलाल महत

शान्तिलाल महत

४,५१८ १०,२९८
( पराजित )

परिचय

जुम्लाको चन्दननाथ नगरपालिका वडा नं ७  महतगाउँका  स्थायी बासिन्दा शान्तिलाल महत नेकपा एमालेबाट जुम्लामा प्रतिनिधिसभा सदस्यका प्रत्यक्षतर्फकाट उम्मेदवार छन् । ५ असोज २०२१ मा जन्मिएका शान्तिलाल १५ वर्षको उमेर हुँदा २०३६ सालको जनमत संग्रहको प्रचारप्रसारमा सहभागी भएका थिए ।

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
४,५१८ मत १०,२९८
निर्वाचन क्षेत्र जुम्ला-१ ( कर्णाली प्रदेश )
राजनीतिक दल नेकपा (एमाले)
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०१९-११-१३ ( ६३ वर्ष )
जन्मस्थान जुम्ला चन्दननाथ नगरपालिका-७ महतगाउँ जुम्ला
बाबु, आमा रविलाल महत / कृष्णकला महत
पारिवारिक विवरण चार छोरी एक छोरी र श्रीमती
ठेगाना जुम्ला चन्दननाथ नगरपालिका, तली महतगाउँ
हालको ठेगाना जुम्ला चन्दननाथ नगरपालिका-७
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

एमाले

संसदीय यात्रा

छैन

कार्यकारी जिम्मेवारी

२०७७ सालदेखि हालसम्म एमालेको जिल्ला समिति अध्यक्ष ।

राजनीतिक घटनाक्रम

२०७४ सालको स्थानीय तह निर्वाचनमा चन्दननाथ नगरपालिकाको प्रमुख पदमा प्रतिस्पर्धा गरेका थिए । तर, जित निकाल्न सकेनन् । त्यसको तीन वर्षपछि २०७७ मा शान्तिलाल नेकपा एमालेको जुम्ला जिल्ला कमिटी अध्यक्ष निर्वाचित भए । २०७८ पुसमा भएको आठौं जिल्ला अधिवेशनबाट पुन: अध्यक्ष चुनिए । २०८१ वैशाखमा सम्पन्न नवौं जिल्ला अधिवेशनबाट पुन: अध्यक्ष पदमा निर्वाचित भएर काम गरिरहेका छन् ।