कालिकोट-१
सबै हेर्नुहोस्निर्वाचन परिणाम
| निर्वाचन मिति | २१ फागुन २०८२ |
| कुल मत |
४,५९९ मत
६,७३९
|
| निर्वाचन क्षेत्र | कालिकोट-१ ( कर्णाली प्रदेश ) |
| राजनीतिक दल | नेपाल कम्युनिस्ट पार्टी (माओवादी) |
| निर्वाचन परिणाम | पराजित |
आधारभूत जानकारी
| जन्ममिति | २०२५-०२-०४ ( ५७ वर्ष ) |
| जन्मस्थान | माल्कोट, कालीकोट |
| बाबु, आमा | पहलबहादुर विश्वकर्मा / भरता विश्वकर्मा |
| ठेगाना | कालीकोट |
| हालको ठेगाना | नरहरिनाथ-६ कालीकोट |
| शिक्षा | आइ.एड |
| निर्वाचन प्रणाली | प्रत्यक्ष |
राजनीतिक आबद्धता
०४८ अघि नेमकिपामा संगठित हुँदै २०५२ पछि शिक्षण पेशाबाट राजीनामा दिएर माओवादी जनयुद्धमा भूमिगत । नेकपा माओवादीको केन्द्रीय सदस्य, पोलिटब्यूरो सदस्य हुँदै सचिवालय सदस्य, २०६९ मा पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादीसँग विद्रोह गरेर मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीमा आवद्ध । ०७१ मा वैद्यसँग छुट्टिएर नेत्रविक्रम चन्दसँगै उक्त पार्टीको प्रवक्ता ।
संसदीय यात्रा
२०६४ को पहिलो संविधानसभा निर्वाचनमा ५१ प्रतिशत मतसहित निर्वाचित, २०८२ मा नेकपा माओवादी (विप्लव) बाट दोश्रोपटक उम्मेदवार ।
कार्यकारी जिम्मेवारी
२०६५ मा महिला, बालबालिका तथा समाज कल्याणमन्त्री, २०६८ मा पर्यटन तथा नागरिक उड्डयनमन्त्री ।
राजनीतिक घटनाक्रम
विद्यार्थीकाल २०४६ देखि राजनीतिमा सक्रिय । १० वर्षे जनयुद्धमा भूमिगत, ०६९ मा नेकपा माओवादी पुष्पकमल दाहाल समूहसँग विद्रोह गरी विप्लव नेतृत्वको नेकपा माओवादीमा सक्रिय, बाग्मती प्रदेश इन्चार्ज तथा पार्टी प्रवक्ता । विप्लव समूहमा हुँदा विष्फोटनको आरोपमा ६ महिना जेल ।