हेम जङग गुरुङ

हेम जङग गुरुङ

१,६४३ ३०,२६८
( पराजित )

परिचय

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष हेमजङ गुरुङ लामो समयदेखि पार्टी संगठन निर्माण र नेतृत्वमा सक्रिय नेता हुन् । इन्जिनियर पृष्ठभूमिका गुरुङ जिल्ला तहदेखि केन्द्रीय तहसम्म विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै पार्टीको शीर्ष नेतृत्वमा पुगेका छन् । लमजुङलाई आफ्नो मुख्य राजनीतिक आधार क्षेत्र बनाएका उनी यसपटक कास्की क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारका रूपमा चुनावी प्रतिस्पर्धामा छन् ।

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
१,६४३ मत ३०,२६८
निर्वाचन क्षेत्र कास्की-२ ( गण्डकी प्रदेश )
राजनीतिक दल राष्ट्रिय प्रजातन्त्र पार्टी
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०१७-०१-१२ ( ६५ वर्ष )
जन्मस्थान मस्र्याङ्दी गाउँपालिका–१, घनपोखरा, लमजुङ
बाबु, आमा देवी जङग गुरुङ
ठेगाना लमजुङ मर्स्याङदी गाउँपालिका मिर्चे
हालको ठेगाना मस्र्याङ्दी गाउँपालिका–१, घनपोखरा, लमजुङ
शिक्षा सिभिल इन्जिनियरिङ
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

राष्ट्रिय प्रजातन्त्र पार्टी

संसदीय यात्रा

लमजुङबाट पटकपटक पराजित

कार्यकारी जिम्मेवारी

जिल्ला विकास समिति, लमजुङ – सभापति (२०६०–२०६१) बुटवल पावर कम्पनी – सञ्चालक समिति सदस्य नेपाल विद्युत् प्राधिकरण – सञ्चालक समिति सदस्य (२०६१–२०६२) बेंसीसहर नगर विकास समिति – संस्थापक अध्यक्ष बेंसीशहर खानेपानी तथा सरसफाइ उपभोक्ता समिति – अध्यक्ष

राजनीतिक घटनाक्रम

वि.सं. २०५१ सालदेखि राप्रपामार्फत सक्रिय राजनीतिमा प्रवेश गरेका गुरुङले युवा संगठनबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन् । त्यसपछि जिल्ला सदस्य, जिल्ला सचिव हुँदै २०५४ देखि २०६३ सालसम्म दुई कार्यकाल राप्रपा लमजुङको अध्यक्ष बने । संघीय संरचना लागू भएपछि उनी राप्रपा गण्डकी प्रदेशको संस्थापक अध्यक्ष बने भने पछि केन्द्रीय सदस्य, सहायक महामन्त्री, सहमहामन्त्री हुँदै हाल केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा पुगेका छन् । लमजुङबाट निर्वाचन लड्दै आएका उनी यसपटक आफ्नो राजनीतिक क्षेत्र विस्तार गर्दै कास्की क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका छन् ।